भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुन्छौं : प्रधानमन्त्री  « Khabarhub

भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुन्छौं : प्रधानमन्त्री 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ ।

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् ।

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न पनि आग्रह गरेका छन् । उनले भने  ‘सरकारले जे जति राम्रो काम गरेको छ, राम्रा कामको मार्केटिङ पुगेको छैन । तपाईँहरूले अभियान चलाउनुस्’ । 

यसैबीच प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने  बताएका छन्  ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ४१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’