नेपाली महिला क्रिकेट टोली युएईसँग प्रतिस्पर्धामा गर्दै « Khabarhub

नेपाली महिला क्रिकेट टोली युएईसँग प्रतिस्पर्धामा गर्दै


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । 

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। 

जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।

तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : १५ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर