एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी « Khabarhub

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई पराजित गर्दै कँडेल विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत पाए भने रिजालले ४७७ मत ल्याए। कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो।

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत मात्रै प्राप्त गरेका छन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। 

कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४ सय १८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरेका छन्। 

महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन्। मगर ३ सय ५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत मात्रै प्राप्त गरेकी छन्। 

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भए। ५ पदाधिकारीमध्ये ४ पदमा मंगलबार निर्वाचन भएको थियो। भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङका गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ३० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर