‘मायावी’ मार्फत निर्देशनमा कमव्याक गर्दै दिवाकर « Khabarhub

 ‘मायावी’ मार्फत निर्देशनमा कमव्याक गर्दै दिवाकर


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए । 

फिल्ममा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाईँ फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो । 

फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ११ : ३७ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा