‘मायावी’ मार्फत निर्देशनमा कमव्याक गर्दै दिवाकर « Khabarhub

 ‘मायावी’ मार्फत निर्देशनमा कमव्याक गर्दै दिवाकर


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।

निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए । 

फिल्ममा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाईँ फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो । 

फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ११ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै