कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन « Khabarhub

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । 

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि  परीक्षा असोज ९ गते मंगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । 

विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ ।

यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १२ : ४५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का