बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै « Khabarhub

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत (ओर्गान म्युजिक) को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गरे ।

धर्मोपदेशमा उनले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताए । ‘क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ’, उनले भने । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उनले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गरे, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताए ।

उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिदैँ विश्वभर २४ घण्टाको शान्तिको आह्वान गरे । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गरे  ।

बेथलेहेमको म्याङ्गर स्क्वायरमा ड्रम र ब्यागपाइपको धुन गुञ्जियो । युवा तथा वृद्ध इसाई श्रद्धालुहरू नाचगानसहित स्क्वायरमा भेला भए । १७ वर्षीया मिलाग्रोस अन्स्टासले युद्धका कारण लामो समय उत्सव मनाउन नपाएको पीडा सम्झँदै यस वर्षको खुसी विशेष भएको बताए ।

सहरका साँघुरा सडकमा परेड निकालियो, सान्ता क्लजको वेशमा मानिसहरूले बालबालिकालाई मिठाइ र खेलौना बाँडे । साँझ पर्नासाथ बहुरङ्गी बत्ती र विशाल क्रिसमस ट्रीले चर्च अफ द नेटिभिटी वरिपरि उज्यालो छर्‍यो । चौथो शताब्दीमा निर्माण भएको यो बेसिलिका इसाईहरूको लागि अत्यन्तै पवित्र मानिन्छ ।

स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भने ।

इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भने ।

यसैबीच सिरियाको दमास्कसमा पनि सुरक्षा चिन्ताबीच क्रिसमस बत्तीले पुरानो सहर झलमलाएको थियो । विश्वका अन्य भागहरूमा पनि परिवारहरू क्रिसमसको पूर्वसन्ध्यामा भेला भए । यद्यपि कतिपय स्थानमा हालैका हिंसात्मक घटनाले शोकपूर्ण वातावरण पनि देखियो, तर समग्रमा क्रिसमसले संसारभर आशा, एकता र शान्तिको कामना बोकेको सन्देश फैलाएको छ । रासस

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ०८ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते