मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली « Khabarhub

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गरेका छन् ।

मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दो कानुनी र संरचनात्मक आधार तय गर्न उनले सरकारसँग आग्रह पनि गरे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ४ : ४८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा