सरकारले छिमेकी देशसँगको पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याओस् : सम्मानित नेता खनाल | Khabarhub Khabarhub

सरकारले छिमेकी देशसँगको पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याओस् : सम्मानित नेता खनाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउन सरकारसँग माग गरेका छन् ।

बुधवार काठमाडौँमा पार्टीनिकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले नेपालमा उत्पादन हुने बिजुली किन्न छिमेकी देश चीनसमेत तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको बताए ।

नेता खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली २५ वर्षका निम्ति भारतलाई बेच्न लागेको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गरी त्यस्ता डकुमेन्ट जनता र संसदबाट अनुमोदन गराएर मात्रै गर्नुपर्ने बताए ।

बिजुली प्राकृतिक स्रोतसाधन भएको भन्दै उनले प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा नेपालको संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने रहेपनि यसबारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु नआएको उल्लेख गरे ।

उनले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने तर्क गरे । उनले चीनलाईसमेत बिजुली बेच्न सकिने बताए ।

त्यस्तै नेता खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने भन्दै अब आउने चुनावमा पार्टीले कार्यक्रम र योजनाका साथ आउने चुनावमा देशव्यापी भाग लिने बताए ।

उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रहसमेत गरे । नेता खनालले पुँजीवादको एक मात्र विकल्प समाजवाद भएको भन्दै समाजवादी विकल्प खडा गर्ने पार्टी एकीकृत समाजवादी हुने दाबी गरे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ०६ बजे

प्रधानमन्त्रीले सुरु गरे एचपीभी खोप अभियान (तस्बिरहरु)

काठमाडौं– १० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई

तस्करीको आशंकामा मालवाहक ट्रक नियन्त्रणमा

काठमाडौं– तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको

थाइल्यान्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं – त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गतको आज थाइल्यान्डविरुद्धको खेल नेपालले पहिले

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

रसुवा– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका

प्रधानमन्त्रीबाट एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको