केही तत्वले समाजमा साम्प्रदायिकता भड्काउन खोजे : मन्त्री किराती « Khabarhub

केही तत्वले समाजमा साम्प्रदायिकता भड्काउन खोजे : मन्त्री किराती


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजमा साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन् ।

खेमराज गुरुङ ट्रष्टले बुधवार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको बताए ।

उनले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको उनले बताए ।

संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको भन्दै मन्त्री किरातीले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएकाले त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्रान्डिङ गर्न सक्नुपर्ने उल्लेख गरे ।

मन्त्री किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको समेत टिप्पणी गरे । उनले श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने भन्दै सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ५४ बजे

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले