शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा « Khabarhub

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जकार्ता- शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको शिखर सम्मेलन छायाँमा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायाँमा परेको हो ।

अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् ।

दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी भएको छ भने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै छन् ।

“हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ, हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ… सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,” चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भने ।

प्रधानमन्त्री मोदी आज जकार्ता जाँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जकार्तामा २०औँ आसियान–भारत शिखर सम्मेलन र १८ औँ पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन आज अपराह्न नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एसियन न्युज इन्टरनेशनलले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा प्रधानमन्त्री मोदी जकार्ता जान लागेका हुन् । बीसौँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एशिया शिखर सम्मेलन भोलि बिहीबार हुनेछन् ।

आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले यस वर्ष भारतको अध्यक्षतामा आगमी शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीमा हुने युरोपेली सङ्घसहित १९ विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको अन्तरसरकारी सङ्गठन जी २० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीको इन्डोनेसिया भ्रमण हुन लागेको हो ।

इन्डोनेसिया जी २० को एक हिस्सा हो किनभने गत वर्ष उक्त देश जी २० को अध्यक्ष थियो । बिहीबार हुने आसियान–भारत शिखर सम्मेलनमा भारत र दक्षिण पूर्वएशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीमा रुपान्तरण गर्ने प्रयास हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपतिले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरेका थिए । आसियानका अध्यक्ष रहेका उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरेका थिए ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मार सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको थियो । सम्मेलनका क्रममा आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए । साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ०५ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)