देशव्यापी ललितकला प्रवर्द्धन अभियानमा प्रतिष्ठान | Khabarhub Khabarhub

देशव्यापी ललितकला प्रवर्द्धन अभियानमा प्रतिष्ठान


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ ।

विभिन्न जिल्ला तथा प्रदेशमा पुगेर ललितकला क्षेत्रको विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम गरी कलाकारलाई प्रोत्साहन तथा कला पारखीमाझ कला सिर्जनाको महत्त्व दर्शाउँदै प्रतिष्ठानले विभिन्न कार्यक्रम अघि बढाएको हो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार कलालाई उपत्यकामा मात्रै सीमित नराखी जिल्ला जिल्लामा समेत महत्त्व दर्शाउँदै कला प्रवर्द्धन गर्न जरुरी रहेकाले प्रतिष्ठानले विशेष योजनाका साथ कला प्रवर्द्धन थालेको बताए । नेपालका कुनाकाप्चामा रहेका मौलिक कलाको संरक्षण गर्नु पनि यसको उद्देश्य रहेको जनाइएको छ ।

प्रतिष्ठानले विभिन्न प्रदेशगतरूपमा छलफल अभियान नै अघि बढाएको छ । यस्तै विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जनामा सक्रिय रहेका कलाकारसँग अन्तरक्रिया र कला प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिरहेको प्रतिष्ठानले जिल्ला जिल्लामा पुगेर परम्परागत तथा आधुनिक कला विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

केही जिल्लाका तोकिएको क्षेत्रलाई विशेष खास कलाको केन्द्र बनाउने योजनासमेत अघि बढाइएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जिल्लामा कला प्रवर्द्धन तथा विकाससम्बन्धी कार्यक्रम गरेर सुझाव लिने काम गरिरहेको र त्यसका आधारमा योजना बनाएरै कलाको विकासमा लाग्ने प्रतिष्ठानको सोच रहेको छ ।

हाल प्रतिष्ठानले कोशी, मधेस प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जना गरिरहेका कलाकारसँग छलफल गरिसकेको छ । प्रतिष्ठानले बागमती प्रदेशको रामेछाप जिल्लाको सुनापाती गाउँपालिकालाई थाङ्का कलाको केन्द्र बनाउने योजना अघि बढाइसकेको छ ।

त्यसका लागि अध्ययन समिति गठन गरी काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै दाङको गढवा गाउँपालिकालाई सेरामिक्स कलाको केन्द्र बनाउने योजना पनि अघि सारिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : ४७ बजे

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम

लगानीसम्बद्ध एकीकृत निकाय, लगानी दशक र स्थानीय उत्पादन अभिवृद्धि माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले आ.व. २०८२/८३ को बजेटमा

जाजरकोट कारागारमा थुनुवा मृत फेला

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका