देशव्यापी ललितकला प्रवर्द्धन अभियानमा प्रतिष्ठान « Khabarhub

देशव्यापी ललितकला प्रवर्द्धन अभियानमा प्रतिष्ठान


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ ।

विभिन्न जिल्ला तथा प्रदेशमा पुगेर ललितकला क्षेत्रको विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम गरी कलाकारलाई प्रोत्साहन तथा कला पारखीमाझ कला सिर्जनाको महत्त्व दर्शाउँदै प्रतिष्ठानले विभिन्न कार्यक्रम अघि बढाएको हो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार कलालाई उपत्यकामा मात्रै सीमित नराखी जिल्ला जिल्लामा समेत महत्त्व दर्शाउँदै कला प्रवर्द्धन गर्न जरुरी रहेकाले प्रतिष्ठानले विशेष योजनाका साथ कला प्रवर्द्धन थालेको बताए । नेपालका कुनाकाप्चामा रहेका मौलिक कलाको संरक्षण गर्नु पनि यसको उद्देश्य रहेको जनाइएको छ ।

प्रतिष्ठानले विभिन्न प्रदेशगतरूपमा छलफल अभियान नै अघि बढाएको छ । यस्तै विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जनामा सक्रिय रहेका कलाकारसँग अन्तरक्रिया र कला प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिरहेको प्रतिष्ठानले जिल्ला जिल्लामा पुगेर परम्परागत तथा आधुनिक कला विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

केही जिल्लाका तोकिएको क्षेत्रलाई विशेष खास कलाको केन्द्र बनाउने योजनासमेत अघि बढाइएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जिल्लामा कला प्रवर्द्धन तथा विकाससम्बन्धी कार्यक्रम गरेर सुझाव लिने काम गरिरहेको र त्यसका आधारमा योजना बनाएरै कलाको विकासमा लाग्ने प्रतिष्ठानको सोच रहेको छ ।

हाल प्रतिष्ठानले कोशी, मधेस प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जना गरिरहेका कलाकारसँग छलफल गरिसकेको छ । प्रतिष्ठानले बागमती प्रदेशको रामेछाप जिल्लाको सुनापाती गाउँपालिकालाई थाङ्का कलाको केन्द्र बनाउने योजना अघि बढाइसकेको छ ।

त्यसका लागि अध्ययन समिति गठन गरी काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै दाङको गढवा गाउँपालिकालाई सेरामिक्स कलाको केन्द्र बनाउने योजना पनि अघि सारिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : ४७ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले