बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित « Khabarhub

बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार भएको खेलमा बंगलादेश सात विकेटले पराजित भएको हो ।

बंगलादेशले दिएको १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटायो । पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान इमाम उल हकले ७८ रनको योगदान गरे । यस्तै मोहम्मद रिजवानले अवजित ६३, अघा सलमान १२, फाखर जामन २०र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १(१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान सकिब अल हसनले ५३ रन बनाए । उनले ५७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए । त्यस्तै मुसफिकर रहिमले पनि टोलीको खातामा ६४ रन थपे । ओपनर ब्याट्सम्यान मोहम्मद नइम २० रन बनाउँदै पेभेलियन फर्किए । लिटन दासले १६ रन बनाए भने समिम होसैनले पनि १६ रन नै बटुलेका थिए ।

पाकिस्तानीका लागि बलर ह्यारिस रउफले चार, नसिम शाहले पनि तीन, साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले एक—एक विकेट लिए ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ४१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका