गर्भवती र शिशुका लागि फाइदाजनक फोलिक एसिड « Khabarhub

गर्भवती र शिशुका लागि फाइदाजनक फोलिक एसिड

फोलिक एसिड भनेको के हो ?


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

फोलिक एसिडको कमीले आमालाई रक्त अल्पता हुन्छ। यसले गर्भको बच्चामा गम्भीर जन्मजात खोट देखिनसक्ने जोखिम हुन्छ। फोलिक एसिडले शरीरलाई रक्त अल्पता हुनबाट जोगाउन मात्र नभई शरीरमा भिटामिनलगायत पोषण तत्त्वको पनि सजिलै आपूर्ति गर्नसक्ने चिकित्सक बताउँछन्। यसले गर्भमा रहेको शिशुमा हुनसक्ने विकारलाई कम गर्नसमेत सहयोग गर्छ। गर्भवतीले लिने फोलिक एसिड चक्की के हो ? यसका फाइदाहरू के के छन् ? यसको सेवन कसरी गर्नेलगायतका विषयमा आधारित रहेर खबरहबका लागि महिला तथा प्रजनन रोग विशेषज्ञ डा. चन्दा कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

फोलिक एसिड भनेको के हो ?
फोलिक एसिड भनेको भिटामिन हो। जुन हामी सबैलाई चाहिन्छ। यो स्वाभाविक रूपमा केही फलहरू, गाढा हरियो पात भएका सागसब्जी, तरकारी, भटमास, केराउ तथा अन्य गेडागुडी, नट, दूध, दही तथा अन्डाबाट पाइन्छ। यसले स्वस्थ रातो रक्त कोशिका उत्पादन गर्छ। जुन शरीरका सबै भागमा अक्सिजन प्रदान गर्न जिम्मेवार हुन्छ।

गर्भवतीलाई फोलिक एसिड र आइरन चक्कीको सेवन गर्दा कस्तो फाइदा पुग्छ ?
नेपालमा धेरै महिलामा रक्तअल्पता भएको पाइन्छ। आइरनले आइरन डिफिसेन्सी एनिमियाको रगत बढाउँछ। फोलिक एसिडले मेगालोब्लास्टिक एनिमियालाई कन्ट्रोल गर्दछ। आइरन चक्की प्रजनन क्षमता भएका जुनसुकै महिलाले खान सक्छन्।

फोलिक एसिड कुन उमेका महिलाले खाने हो ?
फोलिक एसिड भनेको साधारण धेरै पैसा नपर्ने, खान पनि सजिलो हुने औषधि हो। बाँझोपन भएको महिलामा पनि यसले सहयोग गर्दछ। दिमागको विकास नभएको अवस्थामामा त्यसको रोकथाममा यसले ठूलो योगदान गर्छ। त्यसैले सबै महिलाहरूले सेवन गर्नु उत्तम हुन्छ।

किशोरी र आमा बन्दै गरेकाले कति मात्रा खाने ?
गर्भवतीलाई हामीले पहिलो तीन महिना फोलिक एसिडको मात्र सेवन गराउँछौँ। त्यो महिलालाई अरू समस्या भयो भने अरू औषधि पनि चलाउँछौँ। तर यो गर्भवती हुनुभन्दा अगाडिबाट खानु एकदमै राम्रो हो। किशोर–किशोरी सबैका लागि राम्रो हुन्छ। आमा र बच्चालाई राम्रो होस् भनेर फोलिक एसिड र आइरन चक्की दिने गरिन्छ। बच्चा जन्माउने जति पनि योजनामा हुनुहुन्छ, उहाँहरूले तीन महिना अगाडिदेखि नै खानु उपयुक्त हुन्छ।

यो धेरै खाँदा असर गर्छ कि ?
हामीले यसलाई ५ मिलिग्रामको दिनमा एक चक्की खान भनेर सल्लाह दिन्छौँ। यो दश वर्षसम्म खाँदा पनि हुन्छ।

यसले कसरी काम गर्दछ ?
यो एउटा भिटामिन हो। यसले शिशुको दिमाग विकासमा मद्दत गर्दछ। जन्मिने शिशुमा कुनै पनि समस्या नआओस् भनेर नै फोलिक एसिड खानुपर्ने हो। शिशुको दिमाग विकासमा यसको ठुलो भूमिका हुने विभिन्न अध्ययनले पुष्टि गरेको छ। हाम्रो रक्तअल्पताको उपचारमा पनि यसले योगदान गर्दछ। फोलिक एसिडले बच्चामा पनि कुनै समस्या आउन दिँदैन। यसका साथै गर्भवतीले आफ्नो बच्चा राम्रो होस् भनेर पोषण भएको खाना खानुपर्छ। ब्यालेन्स डाइट खानामा माछा मासु, दूध, दही, सिजन अनुसारको फलफूल, सागसब्जी खाने गर्नुपर्छ। साथै पर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ र मोटोपन घटाउनुपर्छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ०३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।