मनाङमा भीरबाट खसेर विदेशी नागरिकको मृत्यु « Khabarhub

मनाङमा भीरबाट खसेर विदेशी नागरिकको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङमा भीरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ वर्षीय पुरुष चाल्स केथ डेभिज रहेका छन् । 

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए । 

बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागी मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो । 

राती करिब ३ बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्स्पेक्टर पुष्कर कार्कीले जानकारी दिए ।

डेभिजको शवलाई पेष्टमार्टमको लागी एयर डाइमेक्टिक हेलिकप्टर मार्फत बिहीबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ११ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका