सांकेतिक तस्बिर

अपराध

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

By खबरहब

October 06, 2023

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषधसहित दुई जना बिहीबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेका छन्।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।