खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार : सांसद पन्त « Khabarhub

खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार : सांसद पन्त


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रघुजी पन्तले बजारमा व्याप्त महङ्गी नियन्त्रणका लागि माग गरे ।

“गरिबको दसैँ यसपालि कसरी टर्छ ? प्रश्न गर्दै उनले भने, “खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार । रहर दाल किलोको दुई सय ५० बजार भाउ सुन्दा गुम्छ होसहवास ।”

सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महङ्गीको अनुगमन र मूल्याङक्न तदारुकता गर्न ध्यानाकर्षण गराइन् । उनले  मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराइन् । सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरु नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे ।

उनले बाढीपहिरोले  बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न माग गरे । सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे । सांसद मेनका पोखरेलले महङ्गी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताइन् ।

सांसदहरु मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ३२ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने