सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न | Khabarhub Khabarhub

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ ।

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताइन् । उनले दुर्घटना कति बेला कहाँ हुन्छ भन्ने थाहा नहुने भएकोले त्यसको लागि आफैँ सचेत हुनुपर्नेमा जोड दिइन् ।

उपमेयर डंगोलले हरेक दिन सडक दुर्घटनामा परी ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएको तथ्यांक रहेको भन्दै धेरैको लागि यो अङ्कमा मात्र सीमित भएपनि ज्यान गुमाउनेको परिवारको लागि यो अंक पछाडि ठूलो पीडा हुने बताइन् ।

त्यस्तै हरेक दिन १४ देखि १५ जना घाइते हुने गरेको भन्दै घाइतेहरुले जिन्दगीभर पीडा भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले ट्राफिक अनुशासन उल्लंघनबाट वर्षमा करिब १ अर्ब ८८ करोड राजस्व संकलन गरेको ट्राफिक कार्यालयको तथ्यांकले ट्राफिक अनुशासन उल्लंघन अधिक रहेको देखाउने भन्दै सवारी चालक आफैँ सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सडक दुर्घटनामा दैनिक ६ जनाको मृत्यु हुने गरेको भन्दै हप्तामा २ सय ३८ वटा सडक दुर्घटना काठमाडौँ उपत्यकामा मात्र हुने गरेकाले यसलाई रोकथाम गर्न जरुरी रहेको बताए । ट्राफिक सचेतना कार्यक्रमले सांकेतिक सन्देश दिएको भन्दै उनले सरोकारवालले आफ्नो ज्यान बचाउन सडकमा आउँदा आवश्यक सम्पूर्ण सुरक्षा अपनाउनुपर्ने बताए ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले भत्किएको तथा कच्ची सडकको तत्काल मर्मत गर्नुपर्ने बताए । सडकको अवस्था नाजुक हुँदा उपत्यका बाहिर गएका लामो दूरीका सवारी साधनहरु सयममै फर्किन नसकेको तथा यात्रुलाई गुणस्तरीय सेवा सुविधा दिन समस्या भएको भन्दै सरकारले सडक मर्मत गरेर सहयोग नगरे आफूहरुले पनि सहयोग नगर्ने चेतावनी दिए ।

कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उत्कृष्ट ट्राफिक प्रहरी, महानगरका प्रहरी र सवारी चालक तथा सहचालकलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ४४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले