राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति | Khabarhub Khabarhub

राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले राजावादीहरु धार्मिक सद्भाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरुले राखेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कुन लोकतन्त्रविरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न चुनौति दिए । लिङ्देनले जघन्य हत्याका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको जग्गालाई व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहीँ लोकतान्त्रिक हो ? भन्दै प्रश्नसमेत गरे ।

सम्बोधनका क्रममा लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाए । उनले नेपालको संविधानले राजा नचिन्ने भन्दै राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे । यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : ११ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल