हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली दुबईमा अलपत्र, उडानको पर्खाइमा घण्टौँदेखि भोकै | Khabarhub Khabarhub

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली दुबईमा अलपत्र, उडानको पर्खाइमा घण्टौँदेखि भोकै


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दुबई- हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेका यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन भइसकेको उनले बताए ।

यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन् ।

यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरुको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेकोले यात्रु न्यौपाने बताए । अब कहिले उडान हुन्छ भन्नेबारे अझै अन्यौल रहेको उनले बताए । उनका अनुसार विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित एयसलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर, हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।

हमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : १७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय