हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली दुबईमा अलपत्र, उडानको पर्खाइमा घण्टौँदेखि भोकै « Khabarhub

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली दुबईमा अलपत्र, उडानको पर्खाइमा घण्टौँदेखि भोकै


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दुबई- हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेका यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन भइसकेको उनले बताए ।

यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन् ।

यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरुको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेकोले यात्रु न्यौपाने बताए । अब कहिले उडान हुन्छ भन्नेबारे अझै अन्यौल रहेको उनले बताए । उनका अनुसार विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित एयसलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर, हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।

हमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : १७ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य