मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा « Khabarhub

मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमी आएको छ ।

परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरुले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेशालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीया झुपु विक यो वर्ष स्याउ नफल्दा दशैँतिहार जस्ता चाडपर्वहरु कसरी मनाउने पिरलोमा छिन् ।

असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानहरुलाई समस्या समाधानबारे जानकारी नगरउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएका मुगुका स्याउले भाउ पाएका छैनन् भने सबै स्याउहरु नेपालगञ्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।

मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगाएतका स्थानमा स्याउको पकेट क्षेत्र मानिन्छ । मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष ९ हेक्टरमा उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष जिल्लाबाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ कृषकहरुले हात पारेका थिए ।

तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रुपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिलोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौं रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिकतवरले खेती गर्ने वातावरण सृजना गरेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : २१ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन