मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा | Khabarhub Khabarhub

मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमी आएको छ ।

परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरुले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेशालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीया झुपु विक यो वर्ष स्याउ नफल्दा दशैँतिहार जस्ता चाडपर्वहरु कसरी मनाउने पिरलोमा छिन् ।

असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानहरुलाई समस्या समाधानबारे जानकारी नगरउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएका मुगुका स्याउले भाउ पाएका छैनन् भने सबै स्याउहरु नेपालगञ्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।

मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगाएतका स्थानमा स्याउको पकेट क्षेत्र मानिन्छ । मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष ९ हेक्टरमा उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष जिल्लाबाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ कृषकहरुले हात पारेका थिए ।

तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रुपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिलोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौं रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिकतवरले खेती गर्ने वातावरण सृजना गरेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : २१ बजे

१६ मुलुकका कर प्रशासक र विज्ञ नेपालमा, कर नीतिबारे सामूहिक धारणा बनाउन सुझाव

काठमाडौं – कर प्रणालीमा निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल

रसुवा– नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन

उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं– आन्तरिक राजश्वको प्रभावकारी कार्यान्वयनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय

मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर