नुवाकोटमा बिग्रेका दुई वटा भरुवा बन्दुक बनाउन आरन लैजाँदा प्रहरीको फन्दामा, दुई जना पक्राउ | Khabarhub Khabarhub

नुवाकोटमा बिग्रेका दुई वटा भरुवा बन्दुक बनाउन आरन लैजाँदा प्रहरीको फन्दामा, दुई जना पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटमा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको मेघाङ गाउँपालिका २ बुङताङबाट दुई थान भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।

सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरूवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : २६ बजे

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं– सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार 

गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

काठमाडौँ – तराई–मधेशकेन्द्रित सात दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन