विरोधीले एकोहोरो टिकाटिप्पणी गरे, पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रिनू : अध्यक्ष ओली « Khabarhub

विरोधीले एकोहोरो टिकाटिप्पणी गरे, पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रिनू : अध्यक्ष ओली


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।

उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क गरे ।

ओलीले पार्टीको आन्तरिक चुनाव जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा जोड दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३६ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या