भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु « Khabarhub

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा एक दर्जन जिल्लाका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता तयारी समितिका संयोजक राजकुमार लघुले जनाए ।

प्रतियोगितामा कुल १४४ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेको उनले जनाए । उनका अनुसार खेलाडी १० देखि ७० वर्ष उमेर समूहका छन् । प्रतियोगितामा यसअघिका च्याम्पियनहरु पनि सहभागी रहेको जनाइएको छ । साथै राष्ट्रिय खेलाडीहरु पनि प्रतिस्पर्धामा सहभागी भएको जनाइएको छ । प्रतियोगितामा विदेशी खेलाडीसमेतको सहभागिता रहेको छ ।

प्रतियोगिताको समापन शनिबार हुनेछ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३९ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो