कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार « Khabarhub

कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।

बिहीबार राति जानकी गाउँपालिका–९ मा पूर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन् ।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय बिक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन