विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने « Khabarhub

विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण पहिलो पटक नेपालमा हुने भएको छ ।

आगामी फागुन ३ देखि ७ गतेसम्म खुल्लामञ्चमा हुने सो कार्यक्रमका बारेमा विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले विश्वव्यापी घोषणा लन्चिङ कार्यक्रम आयोजना गरेको छ । सम्मेलनका अवसरमा अन्तर महादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि आयोजना हुने विश्व सामाजिक मञ्च नेपाल, मिडिया तथा सञ्चार समूहका संयोजक सुशील विकेले जानकारी दिए ।

यो मञ्च नवउदारवादका विकल्पमा विचार र अनुभवको आदानप्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो । दुई दशकअघि विश्वमा नवउदारवादी विश्वव्यापीकरणले पारेको प्रभावको विकल्पबारे बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेग्रेबाट थालनी भएको हो ।

मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृृसत्ता, जाति तथा रङ्गभेद, नस्लभेदका विरुद्धमा तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज सङ्गठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ । समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि हाल गैरसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् ।

सम्मेलनमा छलफलका लागि १३ समसामयिक विषयहरु छनोट गरिएको छ । तिनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशजमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुताजस्ता विषय छन् ।

नेपालमा हुने सम्मेलनको सफलताको ऐक्यबद्धता व्यक्त गर्दै भारतका प्रा आनन्द कुमार, नेपालका डा उद्धव प्याकुरेल, मोरक्कोका हमुदा सउवी, फ्रान्सका अफ्रिका गुस्ताव मसिहलगायत प्रतिनिधिले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ०५ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको