विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

हिमताल फुटेर आएको बाढीबाट भारतमा मृतकको संख्या ४० पुग्यो

भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो ।

जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् ।

पानीको बहाव बङ्गालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन् । सिक्किम राज्यका उच्च अधिकारी भीबी पाठकले भने, “अहिलेसम्म १९ वटा शव फेला परेका छन् ।”

छिमेकी राज्य पश्चिम बङ्गालका जिल्ला मजिस्ट्रेट शामा प्रवीणले आफ्नो राज्यमा पछिल्लो तीन दिनमा थप २१ शव फेला परेको जानकारी दिए । सिक्किम राज्य सरकारका अनुसार विद्यालय, सरकारी कार्यालय र गेस्टहाउसहरूमा स्थापना गरिएका राहत शिविरहरूमा करिब आठ हजारले आश्रय लिएका छन् ।

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन् । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ ।

डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिक रूपमा समर्थन गरेका छन् ।

उनले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गरेका हुन् ।

“ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन डिसीको सफल यात्रा सुरु गर्नुभन्दा धेरै अघिदेखि नै जिम जोर्डन स्टार थिए”, ट्रम्पले आफ्नो साइट ट्रुथ सोसलमा लेखेका छन्, “उनी सदनको एक महान सभामुख हुनेछन् र मेरो उनलाई पूर्ण समर्थन छ ।”

टेक्सासका रिपब्लिकन सांसद टोरी नेहल्सले बिहीबार राति जोर्डनको सभामुख पदको उम्मेदवारीलाई ट्रम्पले समर्थन गरेको बताएको केही घण्टापछि उक्त घोषणा आएको हो ।

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्छन्, जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उनले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिनछन् ।

फोसाको लेखनलाई ‘विषयवस्तुभन्दा रूपले बढी परिभाषित गरिएको छ, जहाँ जे भनिएको छैन त्यो प्रायः के हो भन्दा बढी प्रकट हुन्छ’ ।फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिएका छन् ।

फोसाको जन्म सन् १९५९ मा भएको हो । उनका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायन शास्त्रतर्फका विजेताको घोषणा गरेको थियो । अब शुक्रवार शान्ति र सोमवार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १७ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ