एक्स्काभेटरको ठक्करबाट एक बालकको मृत्यु | Khabarhub Khabarhub

एक्स्काभेटरको ठक्करबाट एक बालकको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिममा एक्स्काभेटरको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ। सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएको प्रहरीले जनाएको छ।

आज शुक्रवार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरको डोजरले ठक्कर दिएको थियो। उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।

डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो। अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेको छ। डोजर पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : २३ बजे

आगलागीपीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग

मोरङ – विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चितवन

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत एफसी चितवन र बुटवल

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ७,

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन सम्पन्न

 काठमाडौँ– माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको

तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र

काठमाडौं– तामाङ कलाकारहरूकाे छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा