एभरेष्ट बैंकद्वारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता र क्यूआर कोड प्रदान « Khabarhub

एभरेष्ट बैंकद्वारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता र क्यूआर कोड प्रदान


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा- एभरेष्ट बैंकले रुपन्देहीको तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरताका साथै क्यूआर कोड प्रदान गरेको छ ।

तिलोत्तमा–५ मणिग्राममा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमामा आबद्ध ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले यसबाट सर्वसाधरणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले १०० जनाभन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

फोनपेको सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ३३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय