विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको सहज जित « Khabarhub

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको सहज जित


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ । जितका लागि २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बस दी लिदीले सर्वाधिक ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ५२ र लोगन वान बिकले २८ रनमा अविजित रहे। पाकिस्तानलाई जिताउन हरिसले ३ विकेट लिए भने हसन अलीले दुई विकेट लिए। बाँकी सहिन अफ्रिदी, इफ्तीखार अहमद, मोहम्मद नवाज र सदाव खानले एक/एक विकेट लिए।

त्यसअघि हैदरावादमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद सकिलले समान ६८/६८ रन बनाए। मोहम्म नावाजले ३९ रन बनाउँदै सदाव खानले ३२ रन बनाए।

पाकिस्तानलाई अलआउट बनाउन बस दीले ४ विकेट लिए भने कोलिनले दुई विकेट लिए।

विश्वकपअन्तर्गत भोलि दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना