अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी | Khabarhub Khabarhub

अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो ।

 खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिएका छन् । ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको उनले बताए।

नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाभित्रका सडकलगायतका सबै भौतिक पूर्वाधारलाई स्थानीय कलासंस्कृति र मौलिकता झल्किने गरी अपाङ्गमैत्री, बालमैत्री बनाउँदै लैजाने गरी नगरपालिकाले योजना बनाएर कार्य गर्दै आएको छ । 

पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ ।  धेरैजसो स्थानीय सडकमा फुटपाथ नै नहुने फुटपाथ भएका ठाउँमा पनि रुखसँगै पसल, पार्किङ, सामग्री थुपार्ने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि हुँदै गएको र  यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताए। उनले पैदल मार्गको निर्माणले पैदलयात्री निर्धक्कसँग हिँड्न पाउने, बालबालिका र अपाङ्गसमेत थप सुरक्षित हुने वातावरण बन्ने बताए। 

निर्माण भइरहेका अपाङ्गमैत्री आयोजनाको नाला निर्माण, फुटपाथ निर्माणको कार्य सम्पन्न भइसकेको  र अस्पाल्ट कालोपत्रको काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए। अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०-८१ मा रु नौ करोड बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ०१ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन