रुसले तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने | Khabarhub Khabarhub

रुसले तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताए ।

“रुसले सेप्टेम्बर र अक्टोबरसम्मका लागि लागू गरेको विश्व बजारहरूमा आफ्नो तेल र तेल उत्पादनहरूको आपूर्तिमा प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक कटौतीलाई यो वर्षको डिसेम्बरसम्म जारी राख्नेछ”, उनले भने । तासका अनुसार तेल उत्पादनमा कटौती जारी राख्ने वा बढाइने भन्ने निर्णय अर्को महिना बजार विश्लेषण गरिने उनको भनाइ छ ।

उक्त कदम सन् २०२३ अप्रिलमा रुसले घोषणा गरेको स्वेच्छिक तेल उत्पादनमा दैनिक पाँच लाख ब्यारेल कटौतीको पूरक हो र यो सन् २०२४ डिसेम्बरसम्म लागू हुनेछ । उपप्रधानमन्त्री नोभाकले अतिरिक्त कटौतीको प्रयोग पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन ओपेक प्लसको तेल बजारहरूमा स्थिरता र सन्तुलन कायम गर्ने कदम बढाउन थप कटौती गरिएको बताए ।

रुसले मार्चसम्म स्वेच्छिक रूपमा फेब्रुअरीको औसत पाँच लाख ब्यारेल तेल उत्पादन कटौती सुरु गरेको थियो । यसका साथै उत्पादनमा कटौतीको अवधि वर्षमा धेरै पटक बढाइएको थियो ।

तासका अनुसार भियनामा जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो । यसका साथै रुसले अगस्टमा विश्व बजारमा तेल निर्यातलाई अतिरिक्त पाँच लाख ब्यारेल प्रतिदिन कटौती गर्ने निर्णय गर्‍यो ।

यो वर्षको अन्त्यसम्म उक्त कदमलाई जारी राख्ने निर्णय गरिएपछि सेप्टेम्बरमा निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्न सुरु गरेको तासले बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ०८ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश