सौराहामा हात्तीका लागि स्वास्थ्य शिविर | Khabarhub Khabarhub

सौराहामा हात्तीका लागि स्वास्थ्य शिविर


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो ।

शिविर नोभेम्बर ११ तारिखसम्म जारी रहनेछ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार शिविरका क्रममा हात्तीको आधारभूत स्वास्थ्य परीक्षण, जुकाको औषधि खुवाइने, हात्तीको खुट्टाको नङ काट्ने र मिलाउने सँगै हात्तीलाई टिटानस र रेबिजको खोपसमेत लगाइने छ ।

परीक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्स दिने उनले जानकारी दिए । थप अन्य समस्या देखिएमा उपचार गरिनेछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका ५८ हात्तीसहित एक सय १५ हात्तीको स्वास्थ्य परीक्षण गरिनेछ ।

अमेरिकी संस्था कटी एडम्सन कञ्जरभेसन फन्टको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिविरको आयोजना गरेका हुन् ।

अमेरिकीसहित नेपालका पशु चिकित्सक र प्राविधिकले हात्तीको स्वास्थ्य परीक्षण तथा नङ मिलाउने काम गर्ने उनले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ । हात्तीको अगाडिका खुट्टामा पाँच/पाँच वटा र पछाडिको खुट्टामा चार/चार नङ हुने गर्दछन् ।

ती नङ प्याडभन्दा लामो हुँदै गर्दा नङ फुट्ने, माटो छिर्ने, पाक्नेजस्ता समस्या आउने उनले जानकारी दिए । हात्तीको खुट्टाको नङ चार/चार महिनामा काट्नुपर्ने हुन्छ । शिविरमा यसलाई प्राथमिकता दिइँदैछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिविरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राविधिक पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्नेछन् । यसअघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ हात्तीको स्वास्थ्य परीक्षण गरिएको थियो

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ५५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार