'भाग्यले बाच्यौँ' | Khabarhub Khabarhub

‘भाग्यले बाच्यौँ’


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

आठबीसकोट- चकमन्न अध्याँरोमा आठबीसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै थिइन् । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो ।

“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाइन्, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिए ।

“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भनिन्, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।” उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उनीहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्यअवस्था सामान्य बनेको उनको भनाइ छ ।

“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पुर्‍याएको थियो”, उनले भने, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु गर्‍यौँ ।” भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उनले गुनासो गरिन् । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उनले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गरिन् । आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ ।

“हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाए, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उनका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उनले बताए । भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।

“अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उनले भने, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो । त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात पर्‍यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनुपर्‍यो ।

“भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु पर्‍यो”, गहभरी आँशु बगाउँदै मल्लले भने, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।” सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उनले भनिन् ।

विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गरिन् । छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरु गर्ने बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ४७ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार