भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले व्यक्ति र संस्थागत रुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ । समितिले भूकम्पपीडितका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छ र स्वस्थ्यकर खानेकुरा, औषधिलगायतका दैनिक अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

समिति सभापति अब्दुल खानको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यमा सबै पक्षबाट भएको भूमिका र प्रयासप्रति आभारसमेत प्रकट गरेको छ । गत शुक्रबार राति गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु हुनुका साथै दुई  सय ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ०७ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि