वाह्य मुलुक लैजान लागेको युरोसहित त्रिभुवन विमानस्थलबाट नेपाली मूलका डच नागरिक पक्राउ « Khabarhub

वाह्य मुलुक लैजान लागेको युरोसहित त्रिभुवन विमानस्थलबाट नेपाली मूलका डच नागरिक पक्राउ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध रूपमा बाह्य मुलुक लैजान लागेको ८ हजार २ सय ३० युरोसहित नेपाली मूलका डच नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली मूलका डच नागरिक ३५ वर्षीय जोग गुरूङ रहेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ३५ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु