कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा | Khabarhub Khabarhub

कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशीको सत्ता गठबन्धमा फर्किएसँगै नेपाली कांग्रेसको राजनीति पनि पहिलाको ठाउँमा नै आएको छ । कांग्रेसले कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै कांग्रेस पहिलाको ठाउँमा नै आएको हो ।

सोमबार बसेको संसदीय दलको बैठकले कार्कीले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियोे । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएको कांग्रेसले जनाएको छ ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेको बताइएको छ । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताएका छन् । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने थापाको तर्क छ ।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । उनीहरू पनि जिम्मेवारी फर्कने कोशी कांग्रेसले जनाएको छ ।

कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान पछि सत्ता गठबन्धनको निर्णय विपरित कांग्रेसका ८ सांसदले बिद्रोह गरेका थिए । गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गर्दा कांग्रेसका ८ सांसदसहित केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ४४ बजे

अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय

दार्चुला– यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी

नेपाल वायुसेवा निगमको अक्टोबर  १९ को काठमाडौं-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौं– दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :