कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना | Khabarhub Khabarhub

कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैङ्कद्वारा २५% अधिकतम ५०१ रुपैयाँ सम्म क्यासब्याक दिइने छ ।

क्यासब्याक रकम पोस , क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले