कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना « Khabarhub

कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैङ्कद्वारा २५% अधिकतम ५०१ रुपैयाँ सम्म क्यासब्याक दिइने छ ।

क्यासब्याक रकम पोस , क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३९ बजे

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई