प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ६ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ६ बुँदे ध्यानाकर्षण पत्र


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री दाहालले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन सरकार प्रयासरत रहेको बताएका छन्।

उक्त भेटका क्रममा रास्वपा टोलीले जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई राहत वितरणमा कोही नछुट्ने गरी एकद्वार प्रणाली अपनाउन आग्रह गरेको बताइएको छ ।

रास्वपा टोलीले राहतमा सडक पहुँच नभएका र दुर्गमकालाई राहत वितरणमा पहिलो प्राथमिकता दिन पनि प्रधानमन्त्रीसँग माग गरेको छ।

जाडोयाम सुरु भएकाले भूकम्पपीडितलाई खुला आकाशमुनि र त्रिपालबाट चाँडोभन्दा चाँडो न्यानो पूर्वाधारमा सार्न पनि रास्वपाले सरकारसँग माग गरेको छ।

यस्ता छन् रास्वपाका सुझाव
१.उद्धार र उपचारका लागि सरकारलाई धन्यवाद !
२. एकद्वार प्रणाली भन्दै गर्दा राहतमा कोही नछुटुन भन्ने सुझाव।
३. सडक पहुँच नभएकालाई प्राथमिकतामा राखौँ, हामी पार्टीको सबै जनशक्ति परिचालन गर्न तयार छौँ।
४. प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन होस्।
५. चिसोको बेला पुनर्स्थापनामा ध्यान दिइयोस्।
६. पुनर्निर्माणका लागि ढिलो नगरियोस्।आवश्यक कानुन सुधार शीघ्र गरियोस्।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ४४ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको