भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा (तस्वीरहरु) « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा (तस्वीरहरु)


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बलका तर्फबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको सशस्त्रले जानकारी दिएको छ ।

 

त्यस्तै, डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्डमा ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : ०६ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर