कोशी प्रदेशसभामा स्थानीय सेवा गठन विधेयक सर्वसम्मतिले पारित | Khabarhub Khabarhub

कोशी प्रदेशसभामा स्थानीय सेवा गठन विधेयक सर्वसम्मतिले पारित


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव बिना विभागीयमन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम पेश गरेका थिए । यसैगरी, ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ उपसभामुख सृजना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ ।

सो अध्यादेश विनाविभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले पेश गरेका थिए । दुवै मन्त्रीले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार चुस्तदुरुस्त एवं विधिपूर्वक सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । सो अध्यादेश अस्वीकृतका लागि प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेसका भूपेन्द्र राई, नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र नेकपा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बूले दिएको निवेदन फिर्ता लिएपछि सो अध्यादेश निर्णयार्थ प्रस्तुत भएको थियो ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट रामबहादुर राना मगरले कर्णाली प्रदेशमा आएको भूकम्पबाट जोखिममा रहेका जनतालाई तत्काल उद्धार गरी गाँस, बास र कपासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सरकारलाई आन्तरिक उत्पादनलाई व्यवस्थित गरी उद्योगलाई स्थापित गर्न उनले सुझाव दिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कर्णाली प्रदेशमा आएको भूकम्पले धेरै जनधनको क्षति भएकाले सरकारले सक्दो सहयोग गरी नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने माग गरे ।

उनले प्रदेश सरकारले भूकम्पपीडितका लागि तत्काल गरेको सहयोगप्रति धन्यवाद दिँदै समस्यामा परेका जनतालाई राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

शून्य समय

मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, खिनु लङ्बा लिम्बू, गोपाल तामाङ, गोपालबहादुर विश्वकर्मा, गोम्बू शेर्पा, मीना श्रेष्ठ, मैया श्रेष्ठ, रमेश बस्नेत, रामदेव यादव, रेवतीरमण भण्डारी, शोभा चेम्जोङ, शिला दीक्षित कार्की, सुनिताकुमारी गुरुङ र सृजना राईले बोलेका थिए ।

सभामा कर्णाली प्रदेशमा आएको भूकम्पबाट ज्यान गुमाएका जनताप्रति गहिरो शोक एवं दुःख व्यक्त्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै एक मिनेट मौण धारणा गरिएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : ५९ बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद