भूकम्पपीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री प्रदान « Khabarhub

भूकम्पपीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री प्रदान


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले जाजरकोट भूकम्पपीडितका लागि रु एक लाख १५ हजारको १०० थान ब्ल्याङ्केट सहयोग गरेको छ ।

शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई न्यानो कपडा हस्तान्तरण गरेको हो ।

यसैगरी शान्ति समाजले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रम र कीर्तिपुर नगरपालिका वडा नं.४ टौदहस्थित निजानन्द आश्रमलाई बस्त्रसहित नगद रु. १८ हजार सहयोग प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए।

शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार, राहत र पूनर्बासका लागि प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ । विगत एक दशकदेखि आफ्नो क्षमताले भ्याएसम्म राहत प्रदान गर्दै आएको पनि उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ४६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा