भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ ।

भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरे।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्‍याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई हिजो कात्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ११ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म