धनगढीबाट १३ जना जुवाडे पक्राउ « Khabarhub

धनगढीबाट १३ जना जुवाडे पक्राउ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका–३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भएका ३५ वर्षीय हेमराज अवस्थीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका– १० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ४० बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला