चीनले समुद्री सीमामा घुसपैठ गर्‍यो : फिलिपिन्स « Khabarhub

चीनले समुद्री सीमामा घुसपैठ गर्‍यो : फिलिपिन्स


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनमाथि समुद्री सीमामा घुसपैठ गरेको आरोप लगाएको छ । फिलिपिन्सको परराष्ट्र मामिला मन्त्रालयले दक्षिण चीन सागरमा रहेको समुद्रमा चिनियाँ सैन्य पानीजहाज प्रवेश गरेको आरोप लगाएको हो ।

यसअघि चिनियाँ विदेश मन्त्रालयले पनि दक्षिण चीन सागरस्थित स्कारबोरो शोलनजिकै फिलिपिनी सैन्य पानीजहाजले ‘गैरकानूनी रुपमा प्रवेश’ गरेको आरोप लगाएको थियो ।

केही समयअघि स्कारबोरो शोल क्षेत्रनजिकै दुई मुलुकका सैन्य पानीजहाजहरु आमने सामने भएका थिए । दुबै मुलुकले यस क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । फिलिपिन्सले बाहो दे मासिन्लोक भनिने यस क्षेत्र आफ्नो आर्थिक क्षेत्रमा पार्ने बताउँदै आएको छ ।

यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरको ९० प्रतिशत आफ्नो सार्वभौमिकतामा पर्ने चिनियाँ दाबीलाई खारेज गरिदिएको थियो । चीनले भने अन्तर्राष्ट्रिय अदालतको उक्त फैसलाको बेवास्ता गर्दै आएको छ ।

फिलिपिनी परराष्ट्र मामिला मन्त्रालयले चिनियाँ सैन्य पानीजहाज उक्त क्षेत्रमा बिनाकारण प्रवेश गरेको भन्दै यसले तनाव बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १२ : ५२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको