पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट « Khabarhub

पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट आएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले ऋण सहयोगको समीक्षा गरिरहेका बेला रुपैयाँमा गिरावट आएको हो ।

डलरको भाउ बढाएर स्थानीय मुद्राको प्रवाह बढाउने केन्द्रिय बैंकको नीतिका कारण यस्तो अवस्था आएको पाकिस्तानका अर्थविदहरुलाई उद्धृत गर्दै डनले जनाएको छ ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार यसअघि एक अमेरिकी डलर बराबर २ सय ८१ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको पाकिस्तानी रुपैयाँ एक अमेरिकी डलर बराबर २ सय ८२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

यसबाट पाकिस्तानका आयातकर्ता तथा निर्यातकर्ताहरुमा अनिश्चितता पैदा भएको डनले उल्लेख गरेको छ ।

यसबाट पाकिस्तानी मुद्राको भविष्यप्रति पनि व्यवसायीहरुमा संशय पैदा भएको जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : ०० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७