पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट « Khabarhub

पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट आएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले ऋण सहयोगको समीक्षा गरिरहेका बेला रुपैयाँमा गिरावट आएको हो ।

डलरको भाउ बढाएर स्थानीय मुद्राको प्रवाह बढाउने केन्द्रिय बैंकको नीतिका कारण यस्तो अवस्था आएको पाकिस्तानका अर्थविदहरुलाई उद्धृत गर्दै डनले जनाएको छ ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार यसअघि एक अमेरिकी डलर बराबर २ सय ८१ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको पाकिस्तानी रुपैयाँ एक अमेरिकी डलर बराबर २ सय ८२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

यसबाट पाकिस्तानका आयातकर्ता तथा निर्यातकर्ताहरुमा अनिश्चितता पैदा भएको डनले उल्लेख गरेको छ ।

यसबाट पाकिस्तानी मुद्राको भविष्यप्रति पनि व्यवसायीहरुमा संशय पैदा भएको जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : ०० बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको