भूकम्पपीडितको उद्धार र राहतको काम युद्धस्तरमा भइरहेका छ : महासचिव गुरुङ « Khabarhub

भूकम्पपीडितको उद्धार र राहतको काम युद्धस्तरमा भइरहेका छ : महासचिव गुरुङ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताएका छन् ।

पोखरामा आज साँझ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारले भूकम्प प्रभावितको समयमै प्रभावकारी रुपमा उद्धार सम्पन्न गरेको र अब युद्धस्तरमा राहत वितरण र पुनःस्थापनाको काम सुरु हुने जानकारी दिए । भूकम्प प्रभावितको राहत र पुनःस्थापनाको काम एकद्वार प्रणालीबाट गरिने बताए।

महासचिव गुरुङले भने, “सरकारका अङ्ग, राजनीतिक दल र मित्र राष्ट्रहरुबाट राहतका लागि सहयोग र अनुदान दिने अभियान चलिरहेको छ । राज्यको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण सुरु गर्ने र राज्यले योजना बनाएर पुनःस्थापनाको काम अघि बढाउने निर्णय गरेका छौँ ।”

माओवादी केन्द्रले भूकम्पपीडितका लागि पार्टी केन्द्रबाट रु ५० लाख सहयोग गर्ने र प्रत्येक प्रदेश समितिबाट रु एक लाखका दरले सहयोगका लागि आग्रह गरिएको महासचिव गुरुङले जानकारी दिए। वर्तमान सत्ता गठबन्धन र सरकारका विषयमा विभिन्न आशङ्का उत्पन्न गराउन खोजिए पनि सरकार सुरक्षित रहेको उनले बताउ ।

सरकार र गठबन्धन टुटाउँदै अस्थिरता उत्पन्न गराउने प्रयास असफल भएको महासचिव गुरुङले बताए । कोशी प्रदेशमा अस्थिरताको बाटो खोजिए पनि केन्द्रको गठबन्धन कायम राखेर जाने निर्णयले स्थिरता कायम गर्ने गुरुङको भनाइ छ ।

गुरुङले भने, “कोशी प्रदेशमा त्यहाँको प्रदेशसभाको अङ्कगणितलाई हेरेर अस्थिरता उत्पन्न गराउन खोजिएको थियो । पहिले त्यहाँ सरकार गठनमा समस्या भएपनि अहिले पुनः स्थिरताको बाटो सुरु भएको छ । सहमति र समझदारीबाट अघि बढेकाले अहिलेको गठबन्धन र सरकार सुरक्षित छ ।”

“केन्द्रमा नसके पनि प्रदेशमा राष्ट्रिय सहमतिको सरकार बनाउन खोजेका थियौँ । तर त्यसमा सफलता मिलेन” गुरुङले भने । महासचिव गुरुङले लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आगामी हिउँदे अधिवेशनमा संसद्मार्फत टुङ्गोमा पुग्ने बताए । टिआरसीको अन्तरवस्तुमा सबै सहमत भए पनि प्रक्रियामा अल्झाउने प्रयास गरिएको उनको भनाइ छ ।

महासचिव गुरुङले पार्टीले सञ्चालन गरिरहेको रुपान्तरण अभियानले पार्टीलाई चलायमान र गतिशील बनाएको बताए । “पार्टीले सुरु गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले पार्टी चलायमान बनेको छ । सङ्गठन विस्तार र सुदृढीकरणका काम भइरहेका छन् । पार्टीभित्र र बाहिर नयाँ सञ्चार भएको छ” उनले भने ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १० : ११ बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन