बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान | Khabarhub Khabarhub

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिइन् ।

कार्यालयले प्रतिरोपनी तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ’, निमित्त प्रमुख कुमालले भनिन् ।

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा  अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ । बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उनको भनाइ छ ।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ ।

गोरखा जिल्लामा करिब ६ हजार रोपनी  बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालले बताइन् । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८०  बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ३४ बजे

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा उत्पादित वस्तुहरूको निर्यात

सौर्यको जहाज दुर्घटना- शिक्षण अस्पतालमा शव पोस्टमार्टम गरिँदै, एउटाको सक्न चार घण्टा लाग्ने

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं- त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन

  काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म

गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द

कराँची– उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई